जन सम्पर्क समिति अमेरीकामा बिवाद



के सी शेर
अष्टिन टेक्सास :–
सभापतीले मनोमानी गरेको भन्दै बरिष्ठ उपसभापती लगायतका पदाधीकारीले बिज्ञप्ती नै निकालेर बिरोध गरेपछि नेजाली जन सम्पर्क समिती अमेरीकामा बिवाद शुरु भएको छ । नेपाली कांग्रेसको आसन्न महाधिबेशनका लागी अमेरीकाबाट पठाउनुपर्ने महाधिबेसन प्रतिनीधी छनोटमा सभापती आनन्द बिष्टले लोकतान्त्रीक बिधी र प्रक्रियालाई पन्छाउंदै आफु अनुकुलको प्रतिनीधी छनौट कमीटी बनाई आफु अनुकुलकै महाधिबेसन प्रतिनीधी छनौट गरेको भन्दै बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह के सी, उपसभापती सिपी पौडेल तथा महासचिव मुनिन्द्र नेम्वाङ लगायतले बिज्ञप्ती जारी गरि यस्तो अलोकतान्त्रीक निर्णयलाई समयमा नसच्याय बाध्य भएर लोकतान्त्रीक बिधी र प्रक्रियाको उपयोग गर्दै अर्को महाधिबेसन प्रतिनिधी छनौट गरेर कांग्रेस केन्द्रिय कार्यालयमा पठाउने चेतावनी दिएका छन् । aaaa
बिज्ञप्तीमा भनिएको छ सभापती बिष्टको यस्तो अलोकतान्त्रीक कदमले संस्थाको हित गर्दैन बरु कमजोर बनाउंदै लैजान्छ ।
दुई दिन अघी सभापती बिष्ट सहितको महाधिबेसन प्रतिनिधी छनौट समितीले कांग्रेसको १३ औं महाधिबेशनमा भाग लिने ७ जना प्रतिनिधी छनौट गरेको थियो । छनौट भएकाहरुमा सभापती बिष्ट सहित प्रमोद सिटौला, बिष्णु स ुबेदी, बेद खरेल, बिद्यासागर योञ्जन, माया कडायत र हेमराज भट्ट रहेका छन् । जसमा ५ जना न्युयोर्क तथा बांकी २ जना क्यालिफोर्नियाका हुन् । बिबादका बिच चयन भएका सदस्यहरुमा सबै भन्दा सक्रिय तथा दुइ वटा च्याप्टर समेत रहेको टेक्सासबाट कोही प्रतिनीधी चयन नहुनुले पनि अध्यक्षको मनोमानी भएको कतीपयको भनाई छ ।
यता सभापती बिष्ट लगायतको प्रतिनीधी चयन समितीले भने सबैसंग सल्लाह गरेर महाधिबेशन प्रतिनीधी छनौट गरेको दावी गरेको छ । करिब एक साता पछि सरु हुने कांग्रेसको १३ औं महाधिबेसनका लागि करिब ८ सय सक्रिय कार्यकर्ता रहेको अमेरिकाबाट ७ जना महाधिबेसन प्रतिनीधी सहभागी हुन लागेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ११ गते मंगलबार