24 September 2023  |   आइतवार, अशोज ७, २०८०

अमेरिका र क्यूवाबीच ५० बर्षपछी हवाई सम्झौता 

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ६, २०७२  

काठमाडौं, फागुन ६ । लामो समयसम्म सम्बन्ध बिग्रेको अमेरिका र क्यूवाबीच ५० बर्षपछी हवाई सम्झौता भएको छ ।

हवाई उडानमा भएको सम्झौतासँगै अमेरिकी र क्यूवाली नागरिकमा खुशी छाएको छ । अमेरिकी पारवहन सचिव एंथोनी फाक्सका अनुसार हवाई सम्झौता पछी दुई देशबीच दिनमा १ सय १० वटा उडान हुने छन् ।

दुईदेशबीच चार्टर उडान भने हुँदै आएको थियो । सन् १९६० मा बाणिज्य सम्बन्ध टुटेयता दुई देशबीच हवाई उडान बन्द थियो ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २०१४ मा क्यूवाका राष्ट्रपति राहुल क्यास्ट्रोसँग कुराकानी गरेपछि दुई देशबीच सम्बन्ध सुधारको बाटोमा बढेको हो । (एजेन्सी)

प्रकाशित मितिः बिहिबार, फाल्गुन ६, २०७२     5:10:41 PM  |