19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सिरियाको अस्पताल र विद्यालयमा हवाई आक्रमण, ५० जना मारिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ४, २०७२  

काठमाडौं, फागुन ४ । युद्धग्रस्त सिरियाको अजाज शहरस्थित अस्पताल र विद्यालयहरुमा भएको हवाई हमलामा कम्तिमा ५० जनाको ज्यान गएको छ ।

आक्रमणमा थुप्रै घाइते भएका छन् । सिरियाको उत्तरी क्षेत्रमा रहेको अजाज शहरमा रहेका अस्पताल र विद्यालयहरुमा भएको हवाई हमलामा मारिनेमा अधिकांश बालबालिका रहेका छन् ।

आक्रमणबाट दुई वटा अस्पताल ध्वस्त भएका छन् भने विद्यालय पूूर्ण रुपमा क्षतिग्रस्त भएको छ । टर्की र सिरियाको सीमामा रहेका अस्पतालमा भएको हमला लगत्तै बिरामीहरुबीच भागदौड मच्चिएको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघले हमलाप्रति खेद प्रकट गर्दै निन्दनीय काम रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । हवाई हमला कसले गरेको हो भन्ने खुलेको छैन । टर्कीले हमलाका लागि रुसमाथि आरोप लगाएको छ । रुसले भने कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ४, २०७२     12:12:06 PM  |