24 September 2023  |   आइतवार, अशोज ७, २०८०

परवेज मुसर्रफलाई अस्पतालमा भर्ना  

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २, २०७२  

काठमाडौं, फागुन २ । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास प्रस्वासमा समस्या भएपछि उनलाई अस्पतालको सघन कक्षमा भर्ना गरिएको हो ।

पाकिस्तानको अलशिफा अस्पतालमा भर्ना गरिएका मुसर्रफको मुटुमा केही समस्या देखा परेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । गम्भीरराजद्रोहको मुद्दा खेपिरहेका मुसर्रफलाई विदेश जान प्रतिबन्ध लगाइएको छ । (एजेन्सी)

प्रकाशित मितिः आइतवार, फाल्गुन २, २०७२     11:52:58 AM  |