20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पूर्वी अमेरिकाको हिमआँधीमा २५ को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ११, २०७२  

NC WEB LN  ORANGE COUNTY OUT  NO MAGAZINE SALES More than 30 cars were stuck overnight along Nesconset Highway in Stony Brook, on Long Island's North Shore, due to heavy snow and wind. Members of the Nissequogue Fire Department assist motorists along the highway on Saturday, February 9, 2013. Wind gusts of up to 40 mph made the task more difficult. (Carolyn Cole/Los Angeles Times/MCT)

वासिङ्टन, ११ माघ । पूर्वी अमेरिकामा हिमआँधीमा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको समाचार छ । शुक्रबारदेखि सुरु भएको हिमआँधीका कारण आइतबार रातिसम्म मृत्यु हुनेको सङ्ख्या २५ पुगेको बताइएको छ ।

आँधीका कारण उक्त क्षेत्रका सरकारी कार्यालयहरु आइतबार पनि खुल्न नसकेका देखिएको छ । हिउँले ढाकेपछि बाटो र बस्तीमा ठूलो असर परेको छ ।
यसबाट कैयौं राज्य प्रभावित भएका छन् । प्रभावित राज्यहरुमा २६ इन्चसम्म हिउँ जमेको पाइएको छ । न्युयोर्कमा पनि भारी हिमपात भएको छ । त्यहाँका सरकारी कार्यालय एवम् बस्तीहरु पनि नराम्ररी प्रभावित भएका छन् ।
सो क्षेत्रमा बसोबास गर्ने करोडौं मानिस प्रभावित भएको ‘नेसनल वेदर सर्भिस’ एनडब्लुएस ले जानकारी दिएको छ ।
मौसमविदहरुले यस शताब्दीकै ठूलो हिमपात भनेका छन् । हिमआँधीका कारण हजारौँ हवाई उडान सेवा अवरुद्ध भएका छन् भने उक्त क्षेत्रका सहरी इलाकामा सञ्चालित बस तथा रेल सेवा शुक्रबारदेखि सोमबार बिहानसम्मका लागि बन्द गरिएका छन् ।
अमेरिकाका मौसमविदहरुले सन् १९२२ यताकै ठूलो हिम आँधी हुने दाबी गरेका छन् । सन् १९२२ मा आएको हिम आँधीका कारण करिब २८ इन्चसम्म हिउँ जमेको र यसका कारण १०० जनाको मृत्यु भएको थियो ।
यस पटकको यो शक्तिशाली हिम आँधीका कारण कैयौँ दुर्घटना भएका छन् र यीमध्ये दुई ठाउँमा भएका घटनामा ठूलो क्षति पुगेको अधिकारीहरुको भनाई छ ।
हिमपातका कारण विशेषगरी अर्कान्सास, टेनिसी, केन्टुकी, उत्तरी क्यारेलिना, पश्चिमी भर्जिनियालगायत १८ राज्य प्रभावित भएका छन् । यहाँको मौसमसम्बन्धी समाचार सम्प्रेषण गर्ने टेलिभिजन प्रसारण च्यानलले उद्वारको कार्य जारी रहेको बताएको छ ।

हिमआँधीले समस्याग्रस्त अवस्था बनेको क्षेत्रमा सरकारले सङ्कटकालको घोषणा गरेको छ । विद्युतीय आपूर्ति एमव् टेलिफोन लाइनमा पनि समस्या उत्पन्न भएको बताइएको छ ।

उद्वारकर्ताहरुले प्रभावित नागरिकलाई सुरक्षित स्थानतर्फ लगिरहेको र उद्वारको कार्य सशक्त रुपमा भएको पनि सिएनएन टेलिभिजनले जनाएको छ ।

हिमपातका कारण एक अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको पनि प्रारम्भिक अनुमान गरिएको समाचारमा उल्लेख छ । तर हाल उद्वारको कार्यमात्र जारी रहेकोले यसबाट भएको क्षतिको पूरा विवरण भने आइसकेको छैन । रासस/एएफपी

प्रकाशित मितिः सोमवार, माघ ११, २०७२     3:07:03 PM  |