18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

स्पेनमा भूकम्प, १२ मिनेटभित्रै तीनवटा धक्का

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ११, २०७२  

स्पेन, माघ ११ । स्पेनमा भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार ६.२ म्याग्निच्यूट तीब्रताको भूकम्प गएको हो ।

स्पेनको मालागाबाट १ सय ६२ किलोमिटर दक्षिण पूर्वलाई केन्द बिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । भूकम्पबाट केही घरहरु चर्किएका छन् ।

समाचारएजेन्सीहरुका अनुसार १२ मिनेट भित्रै भूकम्पका तीन शक्तिशाली धक्का महसुस गरिएको छ । ६.२ को तीब्रता लगत्तै ५.० र ५.३ म्याग्निच्युटका धक्का महसुस गरिएको हो । (एजेन्सी)

प्रकाशित मितिः सोमवार, माघ ११, २०७२     2:48:51 PM  |