आर्थिक अवस्था नाजुक भएपछि आइएसका कार्यकर्ताको तलब कटौती



काठमाडौं, माघ ६ । इस्लामिक अतिवादी समूह आइएसले आफ्नो संगठनमा आबद्ध सदस्यको तलब आधा कटौती गर्ने निर्णय गरेको छ ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाए अनुसार आईएसमा आबद्ध माथिल्लो तहदेखि तल्लो तहसम्मका कार्यकर्ताको तलब कटौती गर्ने निर्णय गरेको हो ।

आर्थिक अवस्थानाजुक भएका कारण सो कदम चालिएको आइएसले जनाएको छ । आईएसको पकडमा रहेको तेल भण्डारणमा भइरहेको लगातारको आक्रमणका कारण आर्थिक अवस्था कमजोर भएको आईएसको भनाई छ ।

यद्यपी आर्थिक अवस्था कमजोर भए पनि आफूहरुको साख नगिर्ने आइएसले स्पष्ट पारेको छ । तलव कटौतीप्रति आइएसका सदस्यको कुनै गुनासो नरहेको सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्सले जनाएको छ । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ६ गते बुधबार