अष्टिनमा शुभकामना आदान प्रदान




के सी शेर – अष्टिन टेक्सास/

नेपाली जन सम्पर्क समिति अमेरीका अष्टिन च्याप्टरले नयाँ वर्ष २०१६ को अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । आइतबार खुल्ला भलिवल प्रतियोगिता सम्पन्न गरेको अष्टिन च्याप्टरले सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष तथा सांसद रञ्जीत कर्णले देशको वर्तमान संकटलाई टार्न सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद कर्णले कांग्रेसको भूमिका र आसन्न महाधिवेसन बारे पनि स्पष्ट पारेका थिए ।12511579_1010948298963307_765263730_n
कार्यक्रममा जन सम्पर्क समिति अमेरीकाका सभापती आनन्द बिष्ट, उपसभापती सि पी पौडेल, धर्मराज श्रेष्ठ, भगवान मैनाली महासचिव मुनिन्द्र नेम्वाङ, केन्द्रिय सदस्य रबिन बस्नेत, सल्लाहकार अर्जुन बन्जाडे, भुवन आचार्य नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामीछाने, एनआरएन अमेरीकाका उपसभापती रामसिं पोख्रेल, ग्रेटर अष्टिन नेपाली सोसाइटी अष्टिनका अध्यक्ष गेहेन्द्र के सी लगायतको सहभागिता रहेको थियो । 12539959_1010948405629963_1443797736_n
कार्यक्रममा आइतबार सम्पन्न भलिबल प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो । यसका साथै जन सम्पर्क समिति अष्टिन च्याप्टरले नेपालका भुकम्प पीडितका लागि संकलन गरेको राहत रकम मध्ये सबै भन्दा बढी अर्थात ५५१ डलर प्रदान गर्ने रुकुमका बिशाल गौतमलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रम जन सम्पर्क समिति अष्टिन च्याप्टरका सभापती प्रेम पाण्डेको सभापतीत्व भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २८ गते मंगलबार