के सी शेर/अष्टिन टेक्सास – टेक्सासको अष्टिनमा बसोवास गर्ने नेपालीहरुका लागि पहिलो पटक निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटी अष्टिनले आउँदो १७ तारिख आइतवार अष्टिनमा रहेका नेपालीहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर गर्न लागेको हो । बिभिन्न सामाजिक कार्य गर्दै आएको ग्रेटर अष्टिन नेपाली सोसाइटीले यस पटक नेपालीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको कार्यक्रम संयोजक कृष्ण जि सीले जानकारी दिए ।
शिविरमा रगत जांच तथा सबै स्वास्थ्य परिक्षणका साथै स्वास्थ्य सम्बन्धी बिभिन्न जानकारी गराउने कार्यक्रम समेत रहेको छ । यसका साथै स्वास्थ्य बिमा तथा ट्याक्स वारे पनि जानकारी गराइने कार्यक्रम रहेको छ । शिबिर सम्पन्न गर्न सिटी अफ अष्टिनले सहयोग गर्ने संयोजक जिसीको भनाई छ । अमेरीकामा उपचार खर्च असाध्यै महंगो भएकाले आउंदो आइतवार ग्रेटर अष्टिनले गर्न लागेको स्वास्थ्य शिविरबाट अष्टिनमा रहेका नेपालीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । हिन्दु मन्दिर लेक रोडमा आयोजना गरिने स्वास्थ्य शिविर दिउँसो १ बजे देखी सांझ ५ बजेसम्म संचालन गरिनेछ ।
यस अघि ग्रेटर अष्टिन नेपाली सोसाइटीले रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । छोटो समयमै लोकप्रीय बन्दै गइरहेको ग्रेटर अष्टिनले नेपाली नयाँ वर्ष २०७३ का अवसरमा पनि बिभिन्न कार्यक्रम गर्ने योजनामा रहेको अध्यक्ष गेहेन्द्र के.सी. ले बताए ।
प्रतिक्रिया दिनुहोस्