दाङमा महिलामाथि हुने हिंसाका घटनामा कमी



तुलसीपुर (दाङ), मङ्सिर १५ गते । दाङमा महिलामाथि हुने घरेलु हिंसाका घटना प्रहरीमा दर्ता हुने सङ्ख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यस आवको हालसम्म १९ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका घरेलु हिंसाका उजुरीमध्ये १६ वटा कार्यालयमा मिलापत्र गराएका छन् भने तीनवटा उजुरीलाई जिल्ला अदालत दाङमा पठाइएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष सोही अवधिमा कार्यालयमा ३० वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए ।

घरेलु हिंसाका कारणमा प्रायःजसो मदिरा सेवन, श्रीमान् परस्त्रीसँग लाग्नु, श्रीमती परपुरुषसँग लाग्नुलगायतका रहेका छन् ।

घरेलु हिंसाका घटनामा कमी आउनुका बारेमा प्रहरी प्रमुख कडायत महिला शिक्षित हुनु, समाजमा चेतनाको विकास हुनु र विभिन्न समयमा गरिने जागरण कार्यक्रम रहेको बताउनुहुन्छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर १५ गते मंगलबार