28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

‘शिक्षा विधेयक कोसेढुङ्गा’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२  

सल्यान, पुस १४ गते । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सोमबार संसद्मा शिक्षा विधेयक पेस गरिएको जानकारी दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, सल्यानले श्रीनगरमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विसं २०६६ देखिका शिक्षा मन्त्रीले संसद्मा पेस गर्न खोजेको शिक्षा विधेयक पेस गरिएको र यसमा सैद्धान्तिक सहमति भएको बताउनुभयो ।“यो शिक्षामा देखापरेका समस्या समाधानका लागि कोसेढुङ्गा हुनेछ”, मन्त्री पोखरेलले भन्नुभयो ।

अहिलेको शिक्षा विधेयकले नयाँ संविधान कार्यान्वयनपछि शिक्षा क्षेत्रका लागि ऐन कानुन निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस

प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२     3:21:28 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *