25 November 2020  |   बुधबार, मंसिर १०, २०७७

सलमान खानलाई सफाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २५, २०७२  

मुम्बई, २४ मंसिर-भारतका एकजना सुपरस्टार नायक सलमान खानलाई मुम्बईको अदालतले सफाई दिएको छ । उनीमाथि हत्याको आरोप थियो ।
आजभन्दा १३ वर्षअघि उनले घरबारबिहीन बालकलाई गाडीले ठक्कर दिएर मारेको र भागेको आरोप लागेको थियो ।
अदालतलमा उनीविरुद्धमा रहेको मुद्दामा बिहीबार भएको फैसलामा उनलाई सफाई दिइएको हो । सो मुद्दामा उनलाई सफाई दिइएको मुम्बईबाट प्राप्त समाचारमा जनाइएको छ ।
उनले सो मुद्दाका विरुद्धमा अपिल गरेका थिए । उनको दाबी बमोजिम नै अदालतले पनि सो मुद्दामा कुनै प्रमाण नरहेको भनी फैसला सुनाएको हो ।
मुम्बई उच्च अदालतका न्यायाधीश अनिल रामचन्द्र जोशीले बिहीबार उनीबिरुद्धको यसअघिको आरोपमा सत्यता नरहेको फैसला सुनाएका बताइएको छ ।
गत मे महिनामा भएको सुनुवाईका क्रममा यसअघिको अदालतले खानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
त्यस फैसलाका विरुद्धमा उनले मुम्बई उच्च अदालतलमा अपिल गरेका थिए । बिहीबार उक्त अदालतले उनको अपिलको पक्षमा फैसला गरेको हो ।
सन् २००२ मा उनी रातिको समयमा घर फर्किने बेलामा रक्सीले मातेका र आफैले चलाएको गाडीले लागेर सडक पेटीमा बसेका घरबारबिहीन बालकको ज्यान गएको बताइएको थियो ।
तर उनले आफूविरुद्धको यो आरोपको खण्डन गर्दै आएका थिए । रासस/एएफपी

प्रकाशित मितिः शुक्रबार, मंसिर २५, २०७२     12:29:54 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *