मोर्चाका कार्यकर्ताद्वारा भारतीय भूमिबाट प्रहरीमाथि पेट्रोल बम प्रहार



नेपालगञ्ज–रुपैडिहा नाकामा प्रहरी र प्रदर्शनकारीबीच राति अवेरसम्म पनि झडप भइरहेको छ ।

नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता हटाउने क्रममा झडप भएको हो । झडपपछि मोर्चाका कार्यकर्ताले नाका पारी पुगेर प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।

भारतीय भूमिबाट प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत प्रहार गरिरहेका छन् । नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् ।

प्रदर्शनकारीको ढुंगा लागेर एकजना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीलाई सीमा सुरक्षा बल (एसएसबी)ले सुरक्षा दिइरहेको छ । एसएसबीले माइकिङ गरेर पेट्राेल बम प्रहार नगर्न भनेपछि प्रदर्शनकारी ढुंगा मात्रै हानिरहेका छन् ।

माेर्चाले केही दिनदेखि नाका रातकाे समयमा समेत धर्ना दिन थालेका थिए ।

-केशव राना, बाँके

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर १४ गते सोमबार