17 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

डाक्टरहरु आन्दोलनमा उत्रिएपछि विरामीको उपचार चउरमै डिल्लीराज पन्त/ईमेज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर १४, २०७२  

कञ्चनपुर, मंसिर १४ । अतिरिक्त सेवा सुविधाको माग राख्दै आइतबार देखि अनिश्चितकालका लागी बहिरङ्ग सेवा बन्द गरेर आन्दोलनमा उत्रेका महाकाली अञ्चल अस्पतालका डाक्टरहरुले सोमबार देखि बाहिरै बसेर बिरामीको उपचार गरिरहेका छन् ।

कञ्चनपुरको महाकाली अञ्चल अस्पतालका चार जना डाक्टरहरुले अतिरिक्त भत्ता लगायत विभिन्न तालिममा सहभागीहुनुपर्ने माग राख्दै अनिश्चितकालका लागि आइतवार देखि बहिरङ्ग सेवा ठप्प पारेका हुन् ।

बिरामीहरुलाई मर्का नपरोस भन्दै उनीहरुले बिरोध स्वरुप बाहिरै टेबुल लगाएर उपचार गर्न लागेको मेडिकल अधिकृत डा. हरि शर्माले बताए ।

पटक–पटक  मेडिकल सुपरिन्टेन्डेन्ट समक्ष आफ्ना माग बारे लिखित पत्र दिए पनि मागबारे वेवास्ता गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।

मेडिकल अधिकृत डा.महेश शाह, निलम शाह, हरि शर्मा र योगेश भट्ट आन्दोलनमा उत्रेको र डाक्टरहरुका मागका बिषयमा सम्बन्धीत निकाय समक्ष पुर्‍याइसकेको अस्पताल प्रशासनले जनाएको  छ ।

प्रकाशित मितिः सोमवार, मंसिर १४, २०७२     2:34:46 PM  |