रुकुमको बाँफिकोट गाविसको छिन्खेतका बालवालिकाको लागि महिलाहरुले गाउँमै सर्वोत्तम पिठो उत्पादन गरेर बालबालिकालाई कुपोषित हुनबाट बचाएका छन् । उत्पादन गरेको सर्वोत्तम पिठो रुकुमको विभिन्न ठाउँमा खपत हुन थालेको छ । विगत एक बर्षबाट बच्चाहरुलाई निरोगी बनाउनको लागी स्थानिय उत्पादनहरुलाई जम्मा गरि सर्वोत्तम पिठो उत्पादन गरिएको हो । सामान्य तालिम पाएका सृजनशिल महिला कृषक समुहका महिलाहरुले साना साना बच्चाहरुको लागी लिटो बनाएर खुवाउने सर्वोत्तम पिठो जिल्लाभरी पु¥याउने गरेपछि उनीहरुको उत्पादनको माग समेत बढेको छ ।
प्रकाशित मिति : २०७२ मंसिर १३ गते आइतबार
प्रतिक्रिया दिनुहोस्