काठमाडौं, मंसिर १३ – सरकार, मुख्य विपक्षी दल नेपाली कांग्रेस र मधेश केन्द्रित दलबिच सोमबार बार्ता हुने भएको छ ।
केही दिनदेखि वार्ता हुन नसकिरहेका बेला सरकारले सोमबार बिहान ११ बजे वार्ताका लागि मधेश केन्द्रित दललाई बोलाएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
मधेशी मोर्चाका शीर्ष नेता काठमाडौंबाहिर रहेकाले थप छलफल गरि बार्तामा उहाँले बताउनुभयो । त्यसका लागि मोर्चाले आन्तरिक छलफल गर्ने उहाँले बताउनुभयो ।
वार्ताबारे विपक्षी दल कांग्रेसले भने केही बताएको छैन । यसअघि सरकारले बोलाएको वार्तामा समयमै खबर नभएको भन्दै कांग्रेस सहभागी भएको थिएन ।
प्रकाशित मिति : २०७२ मंसिर १३ गते आइतबार
प्रतिक्रिया दिनुहोस्