17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

आठ महिना बितिसक्दा पनि विद्यार्थीको हातमा किताब पुगेन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १३, २०७२  

जाजरकोट, मङ्सिर १३ गते । यहाँको साल्मा गाविसमा रहेको एक विद्यालयमा आठ महिनासम्म पनि पाठ्यपुस्तक नहुँदा विद्यार्थी मर्कामा परेका छन् । दुर्गम साल्मा गाविसको इन्द्रज्योति माध्यमिक विद्यालयमा आठ महिना बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।

उक्त विद्यालयमा कक्षा ८ मा अध्यनरत १५० र कक्षा १० मा १२० जना अध्ययनरत छात्रछात्राले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् । जिल्ला शिक्षा कार्यालयबाट पाठ्यपुस्तक खरिदका लागि जिम्मा लिएका पुस्तक विक्रेताको लापर्बाहीका कारण यस्तो समस्या आएको शिक्षकले बताएका छन् ।

अभिभावक मीना बुढाले पाठ्यपुस्तक पनि नभएको र पाठ्यपुस्तकको पैसा पनि हालसम्म विद्यालयले विद्यार्थीलाई नदिएको गुनासो गर्नुभयो । यता जिल्ला शिक्षा कार्यालयले पाठ्यपुस्तकको पूरै रकम विद्यालयको खातामा हालिसकेको बताएको छ ।

अर्का अभिभावक तुलसरी परियारले विद्यालयमा गएर बुझ्दा केही शिक्षकले किताब ल्याएका छाँै बीचबाटोमा छ ल्याएर वितरण गर्छौं भन्नुभएको थियो अहिलेसम्म दिनुभएको छैन किताब कहाँ छन् हामी सोझासिधालाई किन झुक्याइन्छ उहाँको भनाइ थियो ।

साल्माका इन्द्रज्योति माध्यमिक विद्यालयमा छात्रवृत्तिको दुई वर्षसम्मको पैसा नपाएको गुनासो अभिभावक विद्यार्थीले गर्ने गरेका छन् । रासस

प्रकाशित मितिः आइतवार, मंसिर १३, २०७२     3:24:13 PM  |