17 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

बर्दियामा भेटियो बेवारिशे बम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १३, २०७२  

Bardiya-Gulariya

१३ मंसिर, गुलरिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ७ तुलापुरमा बेवारिसे बम फेला परेको छ । जनप्रियटोलका एक बालकले घर नजिकैको बाँसको झ्याङमा बम भेटाएका हुन् ।

उनले खेलौना भन्ठानेर खेलाउँदै घर नजिकै ल्याएको बमलाई स्थानीय धनबहादुर खड्काले बम भएको पहिचान गरी प्रहरी र सन्चारकर्मीलाई खबर दिएका थिए । धनबहादुर भारतीय पूर्व सैनिक भएकाले तुरुन्तै बम भनि पहिचान भएकाले कुनै दुर्घटना हुन नपाएको स्थानीयले बताए ।

उक्त बम सशस्त्र द्वन्द्वकालको हुनसक्ने प्रहरीले आशंका गरेको छ । ‘प्लाष्टिक हेण्ड ग्रिनेट बम’ पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक गोविन्दराम परियारले वताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बमलाई निष्कृय पार्ने प्रयास गर्दैछ ।

-केशव कोइरालाबाट

प्रकाशित मितिः आइतवार, मंसिर १३, २०७२     3:21:53 PM  |