सुनधारामा गोली चल्यो, दुई युवक पक्राउ



arrestकाठमाडौं, १३ मंसिर । राजधानीको सुन्धारामा बिहानै गोली चलेको छ । सुन्धारामा रहेको एक गेष्ट हाउसबाट प्रहरीले गोली हानी दुईजनालाई पक्राउ गरेको छ ।

लुम्बिनी पाहुना घरमा बसिरहेका बेला प्रहरीले बिहानै गोली हानेर दुई युवकलाई नियन्त्रणमा लिएको हो । हतियार साथमा राखेको र लुटपाटमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । प्रतिरक्षाका लागि गोली हानेर नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

छोटेलाल ठाकुर र राजकुमार पटेललाई कुवा चिनियाँ पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरेको हो । प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् । घाइतेको खुट्टामा गोली लागेको छ । घाइते हुनेमा रौतहट निवासी छोटेलाल ठाकुर छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर १३ गते आइतबार