28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

यसरी भयो प्रचण्डकाे विवाह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १०, २०७२  

 

parchanda-n-sita०२५ साल अन्त्यतिरको कुरा हो । म १५ वर्षकी थिएँ । चितवनको शिवनगरमा हाम्रो घर थियो । म सानैदेखि स्कुल गइनँ । घरमै खेतीपातीमा बुबाआमालाई सघाएँ । घरमा मेरो विवाह गर्ने कुरा चल्न थाल्यो । मैले सुनेँ– अलिक पल्तिरको एउटा परिवार मलाई माग्न आएको छ रे । त्यतिवेलासम्म मैले उहाँ ९प्रचण्ड०लाई देखेकी थिइनँ । उहाँको घर हाम्रोभन्दा त्यस्तै १५ मिनेट टाढा थियो । तर, मलाई माग्न आएको केटाको नाम के हो, कस्ता छन् भन्ने थाहा थिएन । मनमा खुल्दुली भने बढेको थियो । सोच्थेँ, ‘कस्ता होलान् ती केटारु’ त्यहीताका गाउँमा एकजना अर्की साथीको विवाह थियो । म त्यो विवाहमा गएँ । अरू साथीहरू पनि आएका थिए । उहाँ पनि आउनुभएको रहेछ । उहाँलाई देखाउँदै मलाई साथीहरूले भने, ‘ओइ यहाँ आ’त । तँलाई माग्ने केटा त्यही हो नि ।’ उनीहरूले त्यसरी तोकेरै केटालाई देखाएपछि मलाई लाज लाग्यो । लाज मानीमानी मैले उहाँलाई हेरेँ । मनमा लाग्यो, ‘केटो त ठिकै रहेछ ।’ त्यसपछि मलाई झन् लाज लाग्न थाल्यो । लुकीलुकी उहाँलाई हेर्न मन लाग्यो । पहिलोपटक उहाँलाई देख्दा नै ठीक लागेकाले होला, फेरि अर्कोपटक हेरूँ–हेरूँ जस्तो लाग्यो ।

त्यही विवाहमा उहाँले पनि मलाई पहिलोपटक देख्नुभयो । आमुन्नेसामुन्ने हुँदा पनि बोलचाल भने भएन । उहाँले बोलाउनुभएन । म त झन् केटी, के भनेर बोलाउने रु त्यतिवेला उहाँ पनि त्यस्तै १५ वर्षकै हुनुहुँदो रहेछ । मभन्दा केही महिनाले कान्छो हुनुहुँदो रहेछ । तर, मेरो मनमा उहाँसँग नै विवाह हुन्छ भन्ने भावना निस्किसकेको थियो । मनमनै सोच्थेँ– मेरो अब त्यही केटासँग विवाह हुन्छ । मनमा उहाँकै कुरा खेल्न थाल्यो । मानसपटलमा उहाँ नै बस्नुभयो । पहिलोपटक देख्दा जति मन परेको थियो, त्यो बढ्दै बढ्दै गयो । तर, एक दिन आमाले भन्नुभयो, ‘ती केटासँग विवाह भयो भने यसका नन्द नै ६ जना हुन्छन् । अलिक अप्ठ्यारो पो हुन्छ कि रु’ आमाको कुरा पनि सही थियो । तर, मामा सँगै हुनुहुन्थ्यो । उहाँले आमाको कुरा काटिहाल्नुभयो ।

मामाले त्यतिवेला भन्नुभएको थियो, ‘केटो एकदम ठीक छ । यसले विवाह गर्ने नन्दसँग होइन । केटो ठीक भए नन्दका कुरा किन आयो रु केटाले यसलाई रूखको टुप्पोमा लगेर भए पनि पाल्छ ।’ मामाको कुराले आमा सहमत हुनुभयो । केहीअघिको आफ्नै कुरा काट्दै आमाले भन्नुभयो, ‘त्यसो हो भने ठीकै छ नि त ।’ मामा र आमा सहमतिमा आएपछि उहाँसँग नै विवाह हुने कुरा टुंगियो । हाम्रो विवाह ०२६ साल वैशाखमा हुने भयो । घरनजिकै भएकाले होला, विवाहको कुरा भएपछि उहाँसँग मेरो जम्काभेट हुन पनि थाल्यो । त्यसो त पहिले पनि एउटै बाटो पथ्र्यो होला, तर नचिनेको मान्छे भएकाले वास्ता हुँदैनथ्यो होला । विवाह हुने निश्चित भएपछि भेट हुँदा पनि हामीबीच बोलचाल भने हुँदैनथ्यो । लाजले म उहाँलाई सोझै हेर्नै सक्दिनथेँ । बोल्ने त परैको कुरा । उहाँले पनि मलाई बोलाउनुभएन । नबोली हिँड्नुहुन्थ्यो । विवाह गर्ने दिनको टुंगो लाग्यो । विवाहको दिन उहाँहरू जन्ती लिएर हाम्रो घरमा आउनुभयो । पन्चेबाजा पनि थियो । घरभरि मान्छे थिए । उहाँहरू आएपछि पनि मैले लुकीलुकी उहाँलाई हेरेकी थिएँ । लाज लाग्नु त स्वाभाविक नै थियो । त्यतिवेला उहाँ पातलो हुनुहुन्थ्यो । टेर्लिङको कमिज लगाउनुभएको थियो । पाइन्ट र टोपी लगाउनुभएको थियो । विवाहको विधिवत् काम सकिएपछि म उहाँको घरमा गएँ । त्यसपछि पनि हाम्रो बोलचाल भएन । बोलचाल नहुनुपर्ने त्यस्तो कारण त केही थिएन, तर दोहोरो कुराकानी हुनै सकेन । त्यतिवेला म सोच्थेँ– मेरा बुबाआमा पनि त श्रीमान्श्रीमती हो, उहाँहरू कसरी बोल्नुभएको होला रु दोहोरो कुराकानी गर्दा कस्तो हुन्छ भन्नेचाहिँ मैले विवाह भएको दुई वर्षपछि मात्र थाहा पाएँ ।
नयाँ पत्रिका दैनिकबा

प्रकाशित मितिः बिहिबार, मंसिर १०, २०७२     10:03:55 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *