16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

समसामयिक

हलिउडमा आलियाको पाइला

हलिउडमा आलियाको पाइला

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट हलिउड फिल्म इन्डट्रीमा इन्ट्री गर्ने तयारीमा छिन्। बलिउडमा पछिल्लो समयकी निकै व्यस्त नायिका आलियालाई चाँडै नै हलिउडमा पनि देख्न सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार आलियाले हलिउड एजेन्सी कम्पनी डब्लूएमईसँग सम्झौता गरिसकेकी छन्। यो एजेन्सीले एमा स्टोन, गैल गडोट, ओपरा, चार्ली थेरानलगायत कयौं अन्तर्राष्ट्रिय कलाकारलाई हलिउडमा
भारतले कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्यो

भारतले कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्यो

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
एजेन्सी । अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता देखि तनाब बढेको छ । सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिनुभयो । अफग
दाङमा प्रहरीको एक्सनः अवैध उत्खनन गर्ने डोजर र पाँच ट्र्याक्टर नियन्त्रणमा

दाङमा प्रहरीको एक्सनः अवैध उत्खनन गर्ने डोजर र पाँच ट्र्याक्टर नियन्त्रणमा

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
दाङ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न रहेको आरोपमा ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ उत्खननमा संलग्न रहेको एउटा डोजर र पाँच वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भे १ ख ११६८ नम्बरको डोजर, भे २ त १०९, रा १ त २९५५, भे १ त ९०६५, रा १ त ७५२ र रा १ त ४१७८ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।
हाम्रो चमत्कारलाई स्वागत गर्न पर्खिन सकिँदैनः प्रियंका कार्की

हाम्रो चमत्कारलाई स्वागत गर्न पर्खिन सकिँदैनः प्रियंका कार्की

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
नायिका प्रियंका कार्की आफु आमा बन्न लागेपछि निकै खुसी छन् । उनले निरन्तर आफ्नो तस्वीर सार्वजनिक पनि गरिरहेकी छन् । यसैबीच कार्की र नायक आयुष्मान देशराज जोशीले आइतबार पनि अर्को तस्वीर सार्वजनिक गरेका छन् । प्रियंकालाई केही दिन अगाडि मात्र उनका साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर खुशी दिएका थिए । अब, उनका श्रीमान् आयुष्मानले पनि ‘बेबी सावर’को आयोजना गरेका छन् । प्रियंकाले
ओलीले बोलाए बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

ओलीले बोलाए बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार आज अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने उनले जानकारी दिए। अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा कार्यदलको बैठक भइरहेका बेला स्थायी कमिटी बैठक बोलाइएको हो।
दाङको मसोटमा जिप र यात्रुबहाक बस ठोक्किँदा ६ घाइते

दाङको मसोटमा जिप र यात्रुबहाक बस ठोक्किँदा ६ घाइते

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
शिवु खनाल । दाङ । दाङमा यात्रवहाक बस र जिप एकआपसमा ठाेक्किँदा ६ जना घाइते भएको छन् । आईतवार दिउँसो १ बजे भालुवाङ्बाट घाेराही तर्फ जादै गरेकाे रा १ ज ७०६ नम्बरको जिप र घाेराहीबाट लमही तर्फ जादै ना ५ ख २८०८ नम्बरको यात्रुवहाक बस मसाेटकाे माेडमा ठाेक्किएका हुन् । घाईते हुनेमा प्यूठान ओखरकोट ३ का ८३ वर्षीय मंगलसिंह सुनार, सोही ठाउँका ५८ वर्षीय शेरबहादुर सुनार, प्यूठान खैरावती २ का ३९ वर्षीय ठ
तपाईंले डिम्याट खाता नवीकरण गर्नुभयो ?

तपाईंले डिम्याट खाता नवीकरण गर्नुभयो ?

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
काठमाडौं । आर्थिक वर्ष अन्त्य हुन लगेको छ । नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुन अब ६ दिन बाँकी छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने बेला भयो यसबारे जानकारी राख्नैपर्छ । अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । निर्धारित समयमा नवीकरण शुल्क बुझाएन भने त
ब्राजिलमा कोभिडबाट एकैदिन १ हजार २०० भन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिडबाट एकैदिन १ हजार २०० भन्दा बढीको मृत्यु

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
एजेन्सी । ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एकहजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ५ लाख ३२ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले आइतबार सो कुरा बताएका छन्
अझै दुईदिन भारी वर्षा हुने

अझै दुईदिन भारी वर्षा हुने

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
काठमाडौं । केहीदिन यता सक्रिय मनसुन अझै दुईदिन रहने भएको छ । दुईदिन देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन् । “अहिले सक्रिय भएको मनसुन अझै दुईदिनसम्म रहने छ,” मौसमविद् श्रेष्ठ भन्छन्, “पानी त दुईदिन पछि पनि पर्छ तर भारी वर्षाको सम्भाना दुईदिन धेरै छ ।” दुईदिन पछि मौसम केही खुल्ने उनको भनाइ छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ९०.६ मिलिमिटर पानी परेको छ
यस्तो छ बिहिबार सार्वजनिक हुने महिन्द्रा बोलेरो निओ

यस्तो छ बिहिबार सार्वजनिक हुने महिन्द्रा बोलेरो निओ

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
एजेन्सी महिन्द्राले नयाँ बोलेरो निओ सार्वजनिक गर्दैछ। कम्पनीले आउँदो (जुलाई १५) बिहिबार गाडी सार्वजनिक गर्ने घोषणा गरेको हो। सार्वजनिक मिति अगावै नयाँ एसयुभीका केही झलक र विशेषताहरू भने बाहिरिएका छन्। गाडीको औपचारिक प्रक्षेपण अगाडि नै यो विभिन्न डिलरशिपहरूमा देखिएको अटो हिन्दुस्तानले जनाएको छ। कम्पनीले महिन्द्रा टियुभी ३०० को अपडेट संस्करण सार्वजनिक गर्ने भएको हो। जसलाई बोलेरो निओ नाम दिइएको
नेपालगञ्जका दुई वडा बालविवाह मुक्त वडा घोषणा

नेपालगञ्जका दुई वडा बालविवाह मुक्त वडा घोषणा

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
नेपालगञ्ज । बाँके नेपालगञ्ज उपमहागनरपालिकाका दुई वटा वडा एकैपटक बालविवाह मुक्त वडा घोषणा गरिएको छ । वडा नम्बर १० र १२ वडालाई शनिवार एक कार्यक्रमकाबीच बाल विवाहमुक्त वडा घोषणा गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको बाल अधिकार समितिले आवश्यक मापदण्ड पूरा गरेपछि यी दुई वडालाई बाल विवाहमुक्त घोषणा गर्न स्विकृति दिएको हो । २० प्रतिशत भन्दा कम बालविवाह भएको वडालाई बाल विवाहमुक्त वडा घोषणा गर्
नेपालगञ्जबाट रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ

नेपालगञ्जबाट रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट तीन जनालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। संरक्षित वन्यन्तुका अंगको कारोबार भइरहेको छ भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। सोही टोलीले राति पौन