20 March 2023  |   मङ्लबार, चैत्र ७, २०७९

प्रदेश नं. १

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि…

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि…

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ८, २०७९       |
खोटाङ । फूलैफूफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूल यो वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् । आफूले रोपेका फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेली बजारमा पाइने प्लास्टिकको कृत्रिम फूलको माला खरिद गर्न बाध्य बनेका छन् ।
गाउँ फर्केर ड्रागन फल र कागती खेती, वार्षिक १२ लाखसम्म आम्दानी

गाउँ फर्केर ड्रागन फल र कागती खेती, वार्षिक १२ लाखसम्म आम्दानी

    प्रकाशित मितिः मङ्लबार, अशोज १८, २०७९       |
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन्। उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए। सुख्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन्। दस वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन्। अहि
ट्रकले किच्दा मोटरसाइकल चालकको मृत्यु

ट्रकले किच्दा मोटरसाइकल चालकको मृत्यु

    प्रकाशित मितिः बिहिबार, असार १६, २०७९       |
झापा । झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा बुधबार राति ट्रकको ठक्करबाट गम्भीर घाईते भएका दमक ९ का ३६ वर्षिय दीपक नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकलमा सवार दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत नेपाललाई पश्चिमतर्फ आउ
सुवास नेम्वाङको गृह नगरमा कांग्रेसको अग्रता

सुवास नेम्वाङको गृह नगरमा कांग्रेसको अग्रता

    प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९       |
इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाममा गठबन्धनका उम्मेदवारले अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार केदार थापाले १३५ मत ल्याएर अग्रता लिएका छन् । एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत पाएका छन् । उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले अग्रता लिएका छन् । उनले १५५ मत ल्याएकी छन् । एमालेका सीतादेवी रिजालले ९९ मत ल्याएकी छन् । वडा नम्बर एकबाट गणन
जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७८       |
विराटनगर । धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।
ट्रक र बस ठोक्किंदा आगलागीः ३ जनाको मृत्यु, १३ जना गम्भीर घाइते

ट्रक र बस ठोक्किंदा आगलागीः ३ जनाको मृत्यु, १३ जना गम्भीर घाइते

    प्रकाशित मितिः शनिबार, माघ २२, २०७८       |
सुनसरी । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका-३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना ५ ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना ८ ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए । दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ मृत्यु हुनेमा बस चालक पाँचथरका
कांग्रेसका वडा सभापति हतियारसहित पक्राउ

कांग्रेसका वडा सभापति हतियारसहित पक्राउ

    प्रकाशित मितिः बिहिबार, माघ २०, २०७८       |
सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले कांग्रेसका एक नेतालाई हतियारसहित पक्राउ गरेको छ। थुलुङ दूधकोशी गाउँपालिका ७ का वडा सभापति मिलनकुमार राईलाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा परेपछि राईला
उखुबारीमा गाडेको अवस्थामा शव भेटियो, नजिकै अर्को खाल्डो फेला

उखुबारीमा गाडेको अवस्थामा शव भेटियो, नजिकै अर्को खाल्डो फेला

    प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८       |
मोरङ । मोरङमा उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खाल्डो खन्दा गाडेको अवस्थामा पुरुषको शव फेला परेको जनाइएको छ । खाल्डो खनेर कपडासहित गाडेको अवस्थामा फेला परेको पुरुषको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको
सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ, महिलाको अवस्था चिन्ताजनक

सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ, महिलाको अवस्था चिन्ताजनक

    प्रकाशित मितिः आइतवार, माघ ९, २०७८       |
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बलियाको एक होटलमा महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्न दुई जना पक्राउ परेका छन्। बलात्कारमा संलग्न सुन्दहरैंचा ४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ र घटनाकी प्रत्यक्षदर्शी आरती श्रेष्ठलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो। उनीहरु दुवैलाई पीडित महिलालाई उपचारका लागि कोशी अस्पताल विराटनगर ल्याएको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका ड
बलियामा महिलाको सामूहिक बलात्कारः यौनाङ्ग क्षतविक्षत, अवस्था गम्भीर

बलियामा महिलाको सामूहिक बलात्कारः यौनाङ्ग क्षतविक्षत, अवस्था गम्भीर

    प्रकाशित मितिः आइतवार, माघ ९, २०७८       |
मोरङ । मोरङको बलियामा अपराधको परकाष्टा नाघ्ने गरी एउटा सामूहिक बलात्कारको घटना भएको छ । बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला सामूहिक बलात्कारको सिकार भएकी हुन् । अमानवीय एवम् क्रुर घटनाको सिकार बनेकी उनको अवस्था गम्भीर छ । पीडितको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले
हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाइँदै

हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाइँदै

    प्रकाशित मितिः शनिबार, पुस १७, २०७८       |
ताप्लेजुङ : चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ। चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए। अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए। वड
विराटनगर विमानस्थल डुवानमा, यात्रुहरू अलपत्र

विराटनगर विमानस्थल डुवानमा, यात्रुहरू अलपत्र

    प्रकाशित मितिः बुधबार, कार्तिक ३, २०७८       |
काठमाडौं । लगातारको वर्षापछि नजिकैको खोलामा आएको बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । केशलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि बन्द भएको हो । विमानस्थलको धावनमार्गमा डेढ फिटसम्म पानी जमेको छ भने टर्मिनल भवनभित्र पनि पानी जमेको छ । एयरपोर्ट डुबानका कारण काठमाडौंका लागि टिकट काटेर बसेका यात्रुहरू अलपत्र छन् । विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्रका सबै स