बर्दिया ।
बबई नदीमा पानीको सतहले चेतावनी स्तर पार गरेको छ । बबई नदीको चेपाङमा मंगलबार बिहान नदीमा पानीको सतहले चेतावनी स्तर नाघेर ७.१७ मिटर पुगेको थियो । अहिले बिहान ९ः१० बजेको तथ्यांकअनुसार नदीमा पानीको सतहले चेतावनी स्तर नाघेर ७.२ मिटर रहेको छ । यो मापनले चेतावनी स्तर नाघेको संकेत गर्छ ।
चेपाङमा राखिएको गेज रिडरमा बिहान ६ बजे पानीको सतह पहिलो चेतावनीको स्तर नाघिसकेको प्रजिअ सुरेन्द्र पौडेलले जानकारी दिए । बाढी पूर्व सूचना दिन चेपाङमा जडान गरिएको गेज रिडरमा ५ मिटर ५० सेन्टिमिटर नाघेमा बाढी आउने पहिलो चेतावनी हो । पानीको सतहले पहिलो चेतावनी नाघेकाले बाढी आउने जोखिम बढेकाले सर्वसाधारणसँग प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्थानीय प्रशासनले पानीको सतह अझै बढ्न सक्ने उल्लेख गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासनले आफ्नो वेबसाइटमा चेपाङमा ६ मिटर मापन गरेको उल्लेख गरेको छ । बबईको बाढी चेपाङबाट गुलरियासम्म पुग्न तीन घण्टा समय लाग्ने हुनाले प्रशासनले सुरक्षा अपनाउन आग्रह गर्न नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरेको छ ।









प्रतिक्रिया दिनुहोस्