पूर्वउपकप्तान थापा ग्लोबल युनी नेटवर्कको ब्रान्ड एम्बासडर नियुक्त



कोहलपुर ।

महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्वउपकप्तान क्रिकेटर ममता थापा ग्लोबल युनी नेटवर्कको ब्रान्ड एम्बासडर नियुक्त भएकी छिन् । बिहीबार कोहलपुरमा एक कार्यक्रमबीच क्रिकेटर थापालाई कम्पनीका कोहलपुर कार्यालयका डाइरेक्टर नवीनराज बुढा क्षेत्रीले ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन् । दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान भएको छ ।

‘उहाँले हालसम्म ११ देशमा यात्रा गरेर अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको अनुभव लिई सक्नुभएको छ, एक सयभन्दा बढी क्रिकेट म्याच खेलिसक्नुभएको छ ।’ उनले भने, ‘उहाँ यहीँकै स्थानीय हुनुहुन्छ, नेपालको इतिहास बोकेको खेलाडी भएका कारण र स्थानीय भएका नाताले पनि हामीले उहाँलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेका हौँ ।

कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त भएकी महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्वउपकप्तान क्रिकेटर थापाले कम्पनीले पूर्वक्रिकेटर खेलाडीलाई महत्व दिएर आफूलाई ब्रान्ड एम्बासडर नियुक्त गरेकोमा खुसी व्यक्त गरिन् । ‘म अत्यन्तै खुसी छु, क्रिकेट खेलाडीलाई एम्बासडर नियुक्त गर्नुभएको छ, हालसम्म पुरुष क्रिकेटरहरू धेरैजना विभिन्न कम्पनीको ब्रान्ड एम्बासडर भएर ब्रान्डिङ गरिरहनुभएको छ ।’  उनले भनिन्, ‘महिला क्रिकेटरहरू यसअघि विभिन्न कम्पनीमा तीन जना मात्र ब्राण्ड एम्बासडर हुनुहुन्छ, मसहित चार जना भयौँ, कम्पनीको प्रमोशन सँगसँगै क्रिकेट खेललाई पनि प्रमोशन गरेर अगाडि बढाउनेछु ।’

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार