काठमाडौँ ।
नेपाल क्रिकेट संघ ‐क्यान)ले लगातार दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‐आईसीसी)को ग्लोबल अवाड्र्सअन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ । सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो ।
सम्मेलनमा सहभागी नेपाल क्रिकेट संघ ‐क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले आईसीसी अध्यक्ष जय शाहबाट अवार्ड ग्रहण गरे । क्यानले पछिल्लो वर्ष डिजिटल उपस्थितिमा उल्लेखनीय उपलब्धि हासिल गरेको तथ्यांक आईसीसीले सार्वजनिक गरेको छ । फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स र नयाँ सुरु गरिएको क्यान डोमेस्टिक फेसबुक पेजमार्फत गरिएको रणनीतिक विस्तारले करिब ११७ मिलियन पहुँच पु¥याएको छ ।
फलोअर्स संख्या करिब ११.७ लाखबाट १५.९ लाखसम्म पुग्दै ४ लाख २० हजारभन्दा बढी नयाँ फ्लोअर्स थपिएका छन् फेसबुकमा भिडिओ हेर्ने समय दोब्बर हुँदै १ करोड ३४ लाख मिनेटभन्दा बढी पुगेको छ भने डोमेस्टिक पेजले मात्रै ४४ लाख मिनेटभन्दा बढी वाच टाइम हासिल गरेको छ । युट्युब वाच टाइम २७७ प्रतिशतले वृद्धि हुँदै २१ लाख ३० हजार घण्टा पुगेको छ । इन्स्टाग्राममा भ्युज ४ करोडभन्दा बढी पुगेका छन् ।
जसमा खेलका हाइलाइट्स, खेलाडीका कथाहरू र लाइभ अपडेटहरूले फ्यानलाई आकर्षित गरेका छन् । नेपाली क्रिकेटप्रति सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा देखिएको यही समर्थन र संलग्नताका आधारमा अवार्ड दिइएको हो । नेपाली क्रिकेटलाई देशभित्र मात्र नभएर देशबाहिर पनि व्यापक समर्थन प्राप्त हुँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्