धनगढी ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको म्याद थप गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फाप्ला निर्माण विकास समितिको म्याद थप भएको जानकारी दिए ।
‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि यही असार २९ गतेदेखि चार महिनाका लागि थप गर्ने निर्णय भएको छ,’ मन्त्री गुरुङले भने । ३० असारमा बसेको बैठकले समितिको म्याद थप गर्ने निर्णय गरेको हो ।
०७९ जेठ २० गते बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास शाहीलाई नियुक्त गरेको थियो । तीन वर्षका लागि अध्यक्षमा नियुक्त भएका शाहीको कार्यकाल जेठमै सकिएको थियो ।









प्रतिक्रिया दिनुहोस्