नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि प्रस्तावित १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित भएको छ । बजेट पारित भएको छ । नगरसभाको १७औं अधिवेशनको दोस्रो बैठकबाट बजेट पारित भएको हो । नगर प्रमुख प्रशान्त विष्टले बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक स्विकृतिका लागि पेश गरेको राजश्व र ब्ययको अनुमान पारित भएको हो ।
यसैगरी,उपमहानगरको नीति तथा कार्यक्रम पनि पारित भएको छ । नेपालगञ्ज–१४ भवानियापुरस्थित नेपालगन्ज सिटी हलमा आइतबार बसेको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत–सम्भार विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ स्विकृतिका लागि पेश गरिएकोमा सर्वसम्मतरुपले पारित भएको सभा सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिएका छन् ।
नगरसभाको दोस्रो बैठकमा नगरसभा सदस्यहरु प्रमोद रिजाल, राजकुमार साहु, दीपक कुमार बर्मा, गोपाल पुन, कैशल कुमार धोबी, मनोज कुमार श्रेष्ठ, सराफत हुसेन शेख, संगिता रेग्मी, बसन्त कनोजिया, रुमिता श्रेष्ठ, दिग्विजय ढुंगाना, भरत शाही लगायतले बोलेका थिए । सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले गत असार १० गते बसेको नगरसभाको १७औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि बजेट पेश गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्