बाँके ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा सोही गाउँपालिका गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य छ ।
उनीहरुलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको हो । गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए । उनीहरू फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शम्शेरगन्ज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उद्धार गरेको हो ।
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्