रोल्पामा विप्लव कार्यकर्ता पक्राउ



रोल्पा,२७ कात्तिक/ रोल्पामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको लुङ्ग्री गाउँपालिका-१ बाट जिल्ला सदस्य टाइगर भनिने धनबहादुर खत्रीलाई पक्राउ गरेको हो ।यही कात्तिक २२ गते पक्राउ परेको नेताहरुको रिहाइको माग गर्दै सोमबार रोल्पा बन्दको आव्हान गरेका बेला प्रहरीले थप एक जना कार्यकर्तापक्राउ गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव नजिकिएसँगै विप्लव कार्यकर्ताहरुले निर्वाचन विरोधी गतिविधि गर्न थालेपछि प्रहरीले निगरानी बढाएको हो ।

यसअघि प्रहरीले जिल्ला इन्चार्ज जागृती र सेक्रेटरी प्रयासलाई पक्राउ गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २७ गते सोमबार