नेपालगन्ज ।
नेपालगन्जउ द्योग वाणिज्य संघको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवी ओली निर्वाचित भएका छन् । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका मोहम्मद सफिक बेहनालाई पराजित गर्दै समावेशी समुहका ओली निर्वाचित भएका हुन् ।
ओली यसअघि उद्योग वाणिज्य संघको महासचिव थिए । निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार ओलीले २१०५ मत ल्याए । सफिक बेहनाले १२३३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्रकुमार जोशी तेस्रो भए । यस्तै उपाध्यक्ष (वाणिज्य) मा समावेशी समुहकै हरिलाल न्यौपाने निर्वाचित भएका छन् । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका विष्णुप्रसाद श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन् । न्यौपाने यसअघि संघको कोषाध्यक्ष थिए । यसैगरी उपाध्यक्ष (महिला) मा मन्दिरा पाण्डे निर्वाचित भईन् ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहकी करिष्मा योगीलाई पराजित गर्दैै समावेशी समुहकी पाण्डे निर्वाचित भएकी हुन् । महासचिवमा भिमबहादुर रानाभाट निर्वाचित भएको घोषणा गरेपनि अर्का महासचिवका उम्मेदवार टंक शर्मा लगायत साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीले आपत्ती जनाएपछि निर्वाचन समितिले मंगलबार बिहान फेरी मतगणना गर्ने निर्णय सार्वजनिक गरेको छ ।
पुन मतगणनाको माग गर्दै उक्त प्यानलका व्यवसायीहरुले सोमवार दिनभर मतगणनास्थलमा तालाबन्दी गरिदिए । त्यस्तै उपमहासचिवमा समावेशी समुहका मदनराज शर्मालाई पराजित गर्दै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका टेकबहादुर खड्का निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्ष पदमा युवा ब्यवसायी मख्खनबहादुर धामी निर्वाचित भएका छन् ।
समावेशी समुहका सलाउद्धिन जसगढलाई पराजित गर्दै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट उम्मेदवार बनेका धामी कोषाध्यक्षमा भारी मतको अन्तरले निर्वाचित भएका हुन् । संघको नया“ नेतृत्व चयन गर्न शनिबार मतदान गराइएको थियो । संघको कुल ४ हजार ९ सय ३६ मतदाता रहेकोमा ४ हजार १ सय ३२ मत खसेको थियो । संघको अध्यक्षमा टंक धामी निर्वाचित भइसकेका छन् ।
‘व्यवसायीका पक्षमा दृढतापूर्वक लाग्छु’
नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष टंकबहादुर धामीले निर्वाचनका बेला प्रतिस्पर्धा गरेका व्यवसायीलाई पनि साथै लिएर उद्योगी, व्यवसायीको पक्षमा दृढतापूर्वक उभिने बताएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि मिसन टुडेसँग कुराकानी गर्दै धामीले भने, ‘म उद्योगी, व्यवसायीको अभिभावकीय संस्थाको नेतृत्वमा पुगे । निर्वाचनका बेला यो प्यानल त्यो प्यानल भएपनि अब सबै मेरा भए ।’
अध्यक्ष धामीले कसैलाई काखा र कसैलाई पाखा नगरेर काम गर्ने र व्यवसायीले संघलाई आफ्नो महसुस गर्ने काम गरेर देखाउने बताए ।
धामी निवर्तमान कार्यसमितिका प्रवक्ता समेत हुन् । सुदूरपश्चिमको दुर्गम जिल्ला अछामको विनायकमा बुवा दिल बहादुर धामी र आमा धनादेबी धामीको कोखबाट उनको जन्म भएको थियो ।
उनले आफ्नो धेरै उमेर संघर्षमै बिताए । सरकारी जागिरे बनोस् भन्ने परिवारको सोचाई थियो भने धामी व्यवसायमा आर्कर्षित थिए । २०५० सालमा काठमाडौं अध्ययनका लागि गएपछि बुबाले खर्च चलाउन पठाएको पैसाले नै धामीले नया“ बानेश्वरमा खाद्यान्न व्यवसाय सुरु गरे ।
त्यहा“बाट शुरु भएको उनको व्यवसायीक यात्रा अहिले निरन्तर चलिरहेको छ ।
अहिले धामीका कमल इन्टरप्राईजेज, मनिषा ट्रेडलिंक र सिद्धिविनायक अर्डर एंड सप्लायर्स नामका व्यवसायीक फर्महरू रहेका छन् । उनीसँग रेडिमेड कपडा तयार पार्ने तीनवटा गार्मेन्ट उद्योग छन् भने एउटा झोला उत्पादन उद्योग समेत छ ।









प्रतिक्रिया दिनुहोस्