ढकेरीमा महिला कोसेली घर



बाँके ।

बाँके राप्तीसोनारी गाउँपालिका–९ मा कोसेली घर सञ्चालनमा आएको छ ।

स्थानीय स्तरमा उत्पादन गरिएका हस्तकलाका सामग्री र अर्गानिक वस्तुको संकलन र बजारीकरणका लागि महिला जागरण बहुद्देश्यीय सहकारी संस्था राप्तीसोनारी ९ ले ढकेरी बजारमा ‘महिला जागरण कोसेली घर’ सञ्चालनमा ल्याएको संस्थाका बजार प्रबन्धक होमराज देवकोटाले जानकारी दिए ।

कोसेली घरमा किसानहरुले उत्पादन गरेका बेत बासका सामाग्री दाम्लो डोरी नाम्लो अर्गानिक वस्तुहरुको संकलन तथा बजारीकरण गरिने भएको छ ।

राप्तीसोनारी गाउँपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको कोसेलीघर सहकारीको भवनमा संचालन गरिएको थियो । तर व्यापारिक दृष्टिकोणले पछिल्लो समय मुख्य बजारमा सारिएको सहकारीले जनाएको छ ।

बजार प्रबन्धक देवकोटाका अनुसार घरेलु तथा साना उद्योग कार्यालय बाँकेको रू. १० लाख सहयोगमा कोसेलीघरलाई व्यवस्थित बनाउन लागिएको छ । कोसेली घरमा विशेष गरी स्थानीय उत्पादनहरुको प्रबद्र्धन र बजारी करणलाइ जोड दिने सहकारीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार