नेपालगन्ज ।
संघीय सांसद धवलशम्सेर राणाले बाँकेका नीजि विद्यालयको समस्या सुनेका छन् । गृहनगर नेपालगन्जमा आईतबार सांसद राणाले विद्यालय सञ्चालकसँग अन्तरक्रिया गरी उनीहरूका समस्या सुनेका हुन ।
सांसद राणाले बाँके जिल्लामा रहेका नीजि विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरूसँग भेटघाट गरिएको बताउँदै विद्यालय सञ्चालनका क्रममा देखिएका समस्या र आगामी दिनमा आउनसक्ने चुनौतीको सबै एक भएर उभिने लगायतको विषयमा छलफल भएको बताए ।
नीजि विद्यालयहरू प्रस्तावित विद्यालय शिक्षा ऐन विधेयक–२०८० विरुद्ध निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका केही विषयप्रति आपत्ति जनाउँदै निजी विद्यालयका छाता संगठन प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । हाल आन्दोलनमा रोकिए पनि ती विषयमा संशय कायम छ ।
कम्पनीमार्फत् सञ्चालित विद्यालयहरुलार्ई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरूत्साहित गर्न खोजिएको भन्दै आन्दोलन भएको हो । यिनै विषयमा सांसद राणासँग छलफल भएको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्