बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ



बर्दिया ।

बलात्कारको आरोपमा प्रहरीले बर्दिया मधुवन नगरपालिका-१ बहादुरपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा छन् ।

बोल्न नसक्ने २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेको उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर हिरासतमा लिएको छ ।

उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा कारवाही अघि बढाउन अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २ गते शनिबार