मुगु ।
मुगुको सोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते छन् । सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न सिपपहिरो नजिकै सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
जिपमा सवार ९ जना यात्रुमध्ये २ जनाको घटनास्थलै मृत्यु भएको र २ जनाको सिप हेल्थपोष्टमा उपचारका क्रममा मृत्यु भएको तारापानी प्रहरी चौकी इन्चार्ज रमानन्द उपाध्यायले बताए ।
दुर्घटनामा ५ जना घाइते छन् । मृतकको नाम भने खुल्न सकेको छैन । जिप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका–५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही वडा नं–२ का दिनेश लावड छन् ।
अरु २ जना घाइतेको पहिचान नभएको तारापानी प्रहरी चौकीले जनाएको छ । तारापानी प्रहरी चौकी र स्थानीयले घाइतेको उद्धार गरेका छन् ।
प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्