सुर्खेतमा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु



सुर्खेत । 

मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–७ का २३ वर्षका कृष्ण शाही र शुभकालिका गाउँपालिका–३ का २३ वर्षीय बिमोचन विष्ट छन् ।

शुक्रबार कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेली भन्ने स्थानबाट वीरेन्द्रनगर आउँदै गर्दा दुर्घटनामा परेको हो । मोटरसाइकल अनियन्त्रित भएर विद्युत्‌को पोलमा ठोक्किएको थियो । दु

र्घटनामा घाइते उनीहरुको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्याल सुर्खेतले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० साउन २० गते शनिबार