बाँके ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अन्य दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति १२ बजेतिर राप्तीसोनारी गाउँपालिका–४ हुलाकी राजमार्गअन्तर्गत सुर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३० वर्षीय राम थारुको मृत्यु भएको हो ।
गाउँपालिकाको धामपुरबाट सुर्यलालपुर जाँदै गरेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका राप्तीसोनारी–३ का रामको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको थियो ।े घाइते हेमकुमार थारु र प्रकाश थारुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८० साउन १३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्