दाङ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय विनोद वलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्