नेपालगन्ज, हेर्दै आर्कषक ! कलात्मक झ्याल र ढोका घरमा सजाउने ‘टे«ण्ड’ बसेको छ । नेपालगन्जमा त्यो ‘टे«ण्ड’ विस्तार गर्न जनक डिसी र सहमिम अन्सारीको नेपाल उड आर्ट इन्जिनियरिङका सिकर्मी दिनरात नभनी काममा खटिएका हुन्छन् ।
सञ्चालक डाँगी भन्छन्, ‘घरको झ्याल र ढोका आकर्षक होस् भन्ने सबैले चाहेका हुन्छन् । तर बनाउनेको अभाव भएको देखेपछि हामीले काम सुरु गरेका हौं । अहिले आकर्षण देखिएको छ ।’

झन्डै २० लाख लगानीबाट सुरु भएको उनको उड आर्ट इन्जिनियरिङमा करिब डेढ दर्जनभन्दा सिकर्मी काम गर्छन् । अन्य सिकर्मी र उनीहरुमा के फरक छ भने अरुले सामान्य झ्याल ढोका बनाउँछन् भने यिनीहरुले ग्राहकले चाहे जस्तै कलात्मक डिजाइन तयार गर्छन् । सिकर्मीसमेत रहेका सहमिम भन्छन्, ‘हामीले बनाउन नसक्ने केही छैन । हामी सिकर्मी मात्र होइनौं चित्र कुद्ने पनि भइयौं ।’
स्थानीय काठको प्रयोग गरेर बनाइएका झ्याल ढोका बाँके मात्र नभइ अन्य जिल्लामा समेत माग बढिरहेको छ । ‘हाम्रो सिकर्मीहरु अनुभवी छन् र यिनीहरुले बनाएको झ्याल ढोका ग्राहकहरुले औधी रुचाएका छन्,’ डिसीले भने, ‘साधारणभन्दा थोरै अलि बढी पैसा पर्ने भए पनि धेरैले रुचाएका छन् ।’
डिसीका अनुसार पहिले भारतीय सिकर्मी मात्र हुने गरेकोमा अहिले स्थानीय नेपाली कामदारहरु प्रयोग गरिएको छ । उनीहरुलाई सिकाएर काममा पोख्त बनाइएको डिसीले बनाए ।
नेपाली मौलिक घरको झ्यालढोका कला खोप्ने काम पहिलेदेखि नै सुरु भएको हो । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महŒवपूर्ण छ ।
मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमुना भेटिन्छन् । पछिल्लो समय कष्ठकला हराउँदै जान थालेको छ । तर नेपाल उड इन्जिनियरलगायतले यो कलालाई उजार गर्ने प्रयत्न गरिरहेका छन् ।
डिसीका अनुसार हातले नै कुदेर यसरी सामान बनाउने काम बिस्तारै हराउँदै जान थालेको छ । कलात्मक काष्ठ उद्योगको काम सिक्न खोज्नेलाई आफूले जानेको सिकाउन तयार रहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्