भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो



काठमाडौं ।

भारतीय आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो ।

आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ ।

सोही अनुसार आयल निगमले नेपालमा मूल्य घटाउने वा बढाउने भन्ने निर्णय गर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार