कोहलपुर नगरपालिकाद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव माग



कोहलपुर,कोहलपुर नगरपालिकाले आगामी वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । नगरपालिकाले एक सार्वजनिक सूचना नै जारी गरेर बजेट, नीति तथा कार्यक्रमका लागि आवश्यक सुझावका लागि आह्वान गरेको हो ।


आगामी बजेट, नीति तथा कार्यक्रम तर्जुमाको चरणमा रहेकाले जेठ २५ गतेभित्र सुझाव दिन नगरपालिकाले आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘बजेट, नीति तथा कार्यक्रम तर्जुमाको चरणमा रहेकाले असार १० गतेभित्र नगरसभामा उक्त विषय पेस हुनुपर्ने प्रावधान रहेकोमा बजेट नीति तथा कार्यक्रमको सम्बन्धमा कुनै व्यक्ति, संस्था वा निकायको रचनात्मक सुझाव भए जेठ २५ गतेभित्र नगरपालिकाको कार्यालय, योजना शाखामा पेस गर्न अनुरोध छ ।’

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरको समृद्धि र विकासमा नीतिगत पहलमा टेवा पु¥याउने उद्देश्यले नगरवासीको राय सुझाव संकलन गर्न सूचना आह्वान गरिएको बताए । उनले स्थानीयको आवश्यकता र मागका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाइने पनि जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार