कोहलपुर, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ उद्दैनस्थित महादेवपुरी सनराइज इंलिस मेडियम स्कुलको आयोजनामा बृहत् सरसफाइ गरिएको छ । १६औँ गणतन्त्र दिवसका अवसरमा विद्यालयले ¥यालीसहित करिब दुई किलोमिटर सडक क्षेत्र सरसफाइ गरिएको हो ।

उक्त अवसरमा विद्यालयमा चित्रकलालगायतका विविध अतिरिक्त क्रियाकलाप गरेर गणतन्त्र दिवस मनाएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल सागरदत्त गौतमले संस्थागत विद्यालयको पनि सामाजिक विकासमा भूमिका रहने बताए ।
सोहीअनुसार गणतन्त्र दिवसमा विद्यालय बन्द गर्नुभन्दा विविध सामाजिक कार्य गर्न उचित ठानेर सरसफाइ गरिएको उनको भनाइ छ ।
कार्यक्रममा गणतन्त्रबारे विद्यार्थीहरुलाई जानकारी प्रदान गरी गणतन्त्र दिवस मनाएको उनले बताए । सरसफाइ कार्यक्रममा विद्यालयका शिक्षकहरु विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८० जेठ १६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्