दाङ, नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेशसभाको बहुमत ५३ सांसदको समर्थन रहेको लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले जानकारी दिए । मुख्यमन्त्री लीला गिरीले गत सोमबार प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख शेरचनले मंगलबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनका लागि आह्वान भएबमोजिम चौधरीले बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । चौधरीलाई आठ राजनीतिक दलका ५२ र एक स्वतन्त्र सांसदसहित ५३ सांसदले मुख्यमन्त्रीमा समर्थन गरेका छन् । बिहीबार नियुक्त मुख्यमन्त्री चौधरीले शुक्रबार सपथ लिने भएका छन् ।
प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्