जनतासँग नगर प्रमुख कार्यक्रम : जनता र जनप्रतिनिधिबीच अन्तरक्रिया



कोहलपुर :  कोहलपुर नगरपालिका वडा नम्बर १५ मा जनता र जनप्रतिनिधिबीच अन्तरक्रिया गरिएको छ । शनिबार कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, वडाका जनप्रतिनिधि र वडा नम्बर १५ का जनताहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । चालू आर्थिक वर्षको जनतासँग नगरप्रमुख कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिका वडा नम्बर १५ मा जनताहरुको उल्लेख्य सहभागितामा वडा विकासका विविध विषयमा अन्तरक्रिया गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

जनतासँग नगरप्रमुख कार्यक्रमको यो दोस्रो वडागत कार्यक्रम हो । यसअघि वडा नम्बर ७ मा पहिलोपटक कार्यक्रम गरिएको थियो । नगरप्रमुख आचार्यले जनता र जनप्रतिनिधिलाई जोड्ने, जनताका गुनासो सुन्ने र समाधान गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । उनका अनुसार जनताद्धारा निर्वाचित जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा उनीहरुका गुनासा सुन्ने र समस्या समाधानका लागि पहल गर्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको हो ।

‘हामीले जनता र जनप्रतिनिधि जोड्ने अभियान सञ्चालन गरेका छौँ । दोस्रो पटक यो कार्यक्रम भयो । कार्यक्रम निकै प्रभावकारी देखिएको छ । जनता र जनप्रतिनिधिबीच खुलेरै बहस गर्ने शिलशिलाको सुरुवात भएको छ । यसलाई सबै वडामा गरिनेछ’ नगरप्रमुख आचार्यले भने ।

सो क्रममा स्थानीयवासीले सडक निर्माण, स्वास्थ्यमा सुधार, गुणस्तरीय शिक्षामा जोड एंव कृषि क्षेत्रमा देखिएका समस्या सुनाएको नगरप्रमुखको सचिवालयले जनाएको छ । यस्तै किसानले समयमै मल बिउबिजन पाउन नसकेका गुनासो गरेका थिए ।
स्थानीय दयाराम विकले कृषिमा अनुदान पहुँचवालाहरुले मात्रै पाउने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए । उनले वास्तविक किसानहरुलाई सहयोग पुग्ने खालका कार्यक्रम गर्न आग्रह गरे । यस्तै अर्का स्थानीय धर्मबहादुर बुढा क्षेत्रीले किसानले समयमै सहज मल तथा विउविजन पाउने व्यवस्था मिलाउन आग्रह गरे । उनले वडाबाटै मल तथा विउविजन वितरणको व्यवस्था मिलाएर किसानलाई सहज बनाउन आग्रह गरे ।


वडावासीका समस्या समाधानका लागि जनतासँग नगर प्रमुख कार्यक्रमलाई प्राथमिकता दिइएको नगरप्रमुख आचार्यको भनाइ छ । वडा नम्बर १५ का वडाअध्यक्ष दिपेन्द्र कुमार चौधरीले जनताले जेष्ठ नागरिक भत्ता तथा विकास निर्माणका विषयमा समस्या नगरप्रमुख समक्ष राखेको बताए । उनका अनुसार अन्तरक्रियामा १० जना स्थानीयले आफ्ना समस्या सुनाएका थिए ।

सरकारले प्रदान गर्दै आएको जेष्ठ नागरिक भत्ता वडाबाटै उपलब्ध हुने व्यवस्था हुनुपर्ने जेष्ठ नागरिकहरुको माग रहेको थियो । यस्तै वडामा निर्माण भइरहेको नालीसहितको सडक समयमै नबन्दा समस्या भएको वडावासीको दुःखेसो गरेका थिए । वडा अध्यक्ष चौधरीले स्थानीय उठाएका मागलाई सुनुवाई गरिने बताए ।

‘यो वडालाई समृद्ध बनाउने आधार हो । स्थानीयवासीको विकास निर्माण प्रतिको चासो र चिन्ताले हामीलाक्षर्् थप जिम्मेवार बनाएको छ,’ उनी भन्छन् । हो । समृद्ध नगर बनाउने सवालमा जनता र जनप्रतिनिधि सँगसँगै उभिने प्रतिबद्धता नगरप्रमुख आचार्यले व्यक्त गरेका छन् । जनतासँग नगर प्रमुख कार्यक्रम अन्य वडामा पनि सञ्चालन गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २८ गते आइतबार