काठमाडौँ ।
जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गरेका हुन् ।
उनलाई बालकोटबाटै बैठकमा सहभागी हुन दलका नेताहरूले आग्रह गरेका थिए । त्यसपछि उनी बालकोट पुगेका हुन् । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् ।
प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार









प्रतिक्रिया दिनुहोस्