भिनाजुले हँसिया प्रहार गर्दा एउटा सालोको मृत्यु, अर्को घाइते



कैलाली ।

भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा कैलालीमा सालोको मृत्यु भएको छ। हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो।

भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज भण्डारी गम्भीर घाइते छन्।

घाइते जयराजलाई कोहलपुरको अस्पताल लगिएको छ। घटना मंगलबार बेलुकी करिब ९ बजेतिरको हो। हँसिया प्रहार गर्ने ढुंगाना घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर २१ गते बुधबार