ट्रकमा मोटरसाइकल ठोक्किदा नेपालगन्जका व्यवसायीको मृत्यु



बाँके ।

कोहलपुर बाँसगढी सडक खण्डको सम्झना चोकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्रक प्रहरी चेक पोस्टमा इन्ट्रीका लागि रोकिराखेको अवस्थामा पछाडीबाट मोटरसाइकल ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दैलेख घर भई नेपालगन्जमा व्यवसाय गर्दै आएका ४० वर्षीय लोकेन्द्र भण्डारीको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।

मोटरसाइकलका पछाडी बसेका सोही ठाउँका ४२ वर्षीय राजबहादुर भण्डारी गम्भीर घाइते भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर १६ गते शुक्रबार