आज तीजको दर खाने दिन



काठमाडौं ।

हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदैछ। तीजको दिन निराहार व्रत बसिने भएकाले एक दिनअघि दर खाने चलन रहेको छ।

दर खाने दिन महिलाहरूले विभिन्न मीष्ठान्न र पौष्टिक भोजन खाने गर्दछन्। यस्तै पछिल्लो समय नाचगान गरेर पनि दर खाने दिन मनाउने गरिएको छ। विशेषगरी रातिको समयमा दर खाने चलन छ।

माइती वा आफन्तले चेलीबेटी बोलाएर दर खुवाउँछन्। दरको परिकारमा खिर, मिठाई, माछा-मासु, दही, दूध, फलफूललगायत पर्छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १३ गते सोमबार