कोहलपुर
राप्तीसोनारी गाउँपालिका वडा न ८ नयाँ गाउँमा बुधबार नेकपा एमालेको टोल कमिटि गठन गरिएको छ , यमराज थारु अध्यक्षतामा ११ सदस्यीय नयाँ गाउँ टोल कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा श्याम डाँगी, सचिवमा अशोक कु थारु,उप सचिव यादव थारु रहेका छन । त्यस्तै सदस्यहरुमा पशु नारायण थारु,टेक व थारु,निम प्र थारु,दिल माया थारु,माधवी थारु,विमलानाथ थारु,रामशरण थारु र भगतराम थारु रहेको छन ।
बुधबार नेकपा एमाले राप्तीसोनारी गाउँ पालिका वडा नम्बर ८ ले आयोजना गरेको टोल कमिटि गठन तथा पाटी प्रवेश कार्यक्रममा १ सय १ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले राप्तीसोनारी गाउँ पालिका वडा नम्बर ८ ले आयोजना गरेको टोल कमिटि गठन तथा पाटी प्रवेश कार्यक्रममा विभिन्न पाटी परित्याग गरी १ सय १ जनाले पाटी प्रवेश गरेको नेकपा एमाले राप्तीसोनारी गाउँ पालिका वडा नम्बर ८ इन्चार्ज तथा जिल्ला कमिटी सदस्य हर्क बहादुर विष्टले जानकारी दिए ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले नव प्रवेशीहरुलाई टिका लगाएर पाटी प्रवेश तथा स्वागत गरेका थिए । पाटी प्रवेश कार्यक्रममा बोल्दै इन्चार्ज ढकालले नेकपा एमाले जनताको पाटी भएकोले जनताले पाटीको निति,विचार र सिद्धान्त बुझेर एमालेमा प्रवेश गरेको बताए । एमालेमा सबै वर्गका व्यक्तिहरु सजिलै अट्न सक्ने स्थान भएकोले पनि जनताको प्यारो पाटीको रुपमा स्थापित भएको बताए ।
कार्यक्रममा नेकपा एमाले राप्तीसोनारी गाउँपालिका वडा नं ८ अध्यक्ष तथा वडाध्यक्ष शालिकराम डाँगी,वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारु, नेकपा एमाले राप्तीसोनारी गाउँपालिका अध्यक्ष मनोज केसी पाटीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्