बाँके ।
कोहलपुर–नेपालगन्ज सडक खण्डको कोहलपुर– १४ पार्वतीपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । आइतबार राति साढे ९ बजेको समयमा पार्वतिपुरको शिव मन्दिर नजिकै पैदलयात्रीलाई ठक्कर दिदाँ मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा पैदलयात्रीसहित तीनजना घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगन्जतर्फ जाँदै गरेको भे ९ प ४८ २४ नम्बरको मोटरसाईकलले सडक पार गर्दै गरेका कोहलपुर– १४ का ५५ वर्षीय सुन्दर चौहानलाई ठक्कर दिएको थियो ।
उनीलाई ठक्कर दिएर मोटरसाइकल समेत दुर्घटना भएको थियो । दुर्घटनामा पैदलयात्री चौहान र मोटरसाईकल चालक कोहलपुर– १२ का २८ वर्षीय गणेश सापकोटा गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
मोटरसाईकलका पछाडी बसेका जानकी गाउँपालिका– ६ का १६ वर्षीय बल्लु तेली सामान्य घाइते भएका छन् । गम्भीर घाइतेको नर्सिङ होम नेपालगन्जमा उपचार भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्