बाँके ।
बाँकेको राप्तीसोनारी गाउँपालिका– ७ फत्तेपुरमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आइतबार राति मोटरसाईकलको ठक्करबाट स्थानीय पैदलयात्री ५० वर्षीय बुचु थारुको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डि
एसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
तिव्र गतिमा रहेको भे ७ प १५२७ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका थारुलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका थारुलाई उपचारका लागि भेरी अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाईकल दुर्घटना हुँदा चालक समेत गम्भीर घाईते भएको डिएसपी न्यौपानेले मिसन टुडेन्यूजलाई जानकारी दिए । ‘दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
चालक गम्भीर घाइते भएका छन्’ उनले भने, ‘प्रहरीको सुरक्षामा गम्भीर घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।’
प्रकाशित मिति : २०७९ साउन २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्